वैदेशिक यात्राले सम्बन्धमा ल्याएको दरारलाई प्रस्तुत गरिएको गीत ‘फूल दिन्छु भन्थ्यो’ सार्वजनिक गरिएको छ । बालकुमारी घिमिरेको शब्द तथा दानी निरौलाको संगी रहेको गीतमा विश्व नेपालीको स्वर छ ।
गीतको भिडियोमा मोडल उषा उप्रेती र कोरियोग्राफर गम्भीर विष्टले अभिनय गरेका छन् । गीतको भिडियो सार्वजनिक भइसकेपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रियालाई हेर्नेहो भने केही महिनाअघि रञ्जना काण्डमा भएको घटनामा आधारित भएर भिडियोको कथा प्रस्तुत गरिएको समेत भनिएको छ । यद्यपि यस भिडियो उक्त घट्नामा आधारित नभएको गीतका निर्देशकसमेत रहेका गम्भीर विष्टले बताएका छन् ।
ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी रहेको गीतको भिडियो नवीन निरौलाले सम्पादन तथा रंग दिएका हुन् भने गम्भीर विष्टको निर्देशन छ ।




















