कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगायो।

काठमाडौं := नेपालीको प्रमुख वैदेशिक रोजगारगन्तव्य मध्यको एक मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ ।

विश्वव्यापी रूप फैलिइरहेको , मानिसको ज्यान लिईरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको द-गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जनाएको छ ।

अल्पकालीन प्रवेशमा रोक लगाइएका मुलुकहरूमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत र इरान । त्यस्तै, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकले पनि कतार प्रवेश पाउने छैनन्। कोरनो भाइरसको संक्रमणको कारण हालसम्म कतारका १२ जनामा कोरोनाको लक्षण भेटिएको छ । यो संक्रमणबाट हालसम्म मृत्यु भने भएको छैन।