महिला दिवसको अवसरमा उत्थान समाजद्वारा महिला उद्यमी तालिमको आयोजना/सम्मान कार्यक्रम सम्पन्न।

सुनिल चौधरी,,


झुम्का:= ११० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हिज आइतबार थारु महिला उत्थान समाजद्धारा आईतवार देखि महिला उद्यमी तालिमको आयोजना गरेको थियो। सिप बिकासले आयआर्जन गर्न सक्ने क्षमता अभिबृद्धिकालागी उत्थान समाजले सबै समुदायका महिलाहरुलाई सहभागी गराई ५ दिवसिय उद्यमी तालिमको आयोजना गरेको थियो ।

तालिम रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी र उपप्रमुख सबिना चौधरीको उपस्थितीमा उद्धघाटन गर्दै सुरु गरेको हो । तालिमबाट उद्यमी बन्न सक्ने उपायका बारेमा अभिमुखिकरण, बुटिक भरिएको सुर्केथैली बनाउने सिप तालिम र ब्यवसाय योजना, बजार प्रवद्र्धन तथा ब्यसाय बैधानिक प्रकृयाकाबारेमा जानकारी दिने छन् । तालिम दिएर मात्र उद्यमी बन्न नसक्ने भएकोले ब्यवसाय गर्ने योजना सहितको तालिम ल्याएको आयोजक थारु महिला उत्थान समानकी अध्यक्ष सिता थरुनीले बताईन् । कला संस्कृतिका बारेमा जुनै संगठनले पनि उठान गरेको पाईन्छ तर ती संस्कृति संस्कार संरक्षण गर्न संरक्षणकर्ताहरुमा स्वरोजगार पनि आवश्यक रहेकाले सो उधेश्य राखि उत्थान समाजले सिपमुलक तालिमको आयोजना गरेको थरुनीले धारणा ब्यक्त गरिन्।

तालिम उद्धघाटनमा इलाका प्रहरी पकलीका प्रमुख कैलाश कुमार अधिकारीले कोरोना भाईरस सम्बन्धि जानकारी समेत दिएको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट नेपाल समेत उच्च जोखिममा रहेकोले सो  जोखिमलाई मध्येनजर गर्दै सहभागीहरुलाई बच्ने उपायबारेमा जानकारी दिएका हुन् । यसैगरी सोहि कार्यक्रमबाट ११० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगर महिला समितिबाट श्रमिक महिलालाई प्रोत्साहनकालागी सम्मान समेत गरेको छ । वडा नं. १ का तारा मण्डल र कमला बोगटी त्यसैगरी बुचनी सदा, कमला चौधरी, फलकुमारी रायलाई सम्मान गरेको आयोजकले जानकारी दिए । 

तालिम उद्धघाटनमा वडानं. ६ का वडाअध्यक्ष हेमनारायण राजधामि, कार्यपालिका सदस्य सर्मिला बिक, टिका लक्ष्मि श्रेष्ठ,कमलि मोची र लक्ष्मि चौधरीको उपस्थिती रहेको थियो । तालिममा उत्थान समाजकी उपाध्यक्ष आशा चौधरीले तालिमको उधेश्यबारेमा प्रष्ट्याउदै शुभकामना मन्तब्य राखेकी थिईन् । कार्यक्रम उत्थान समाजकी सचिव सनम चौधरीले सञ्चालन गरेकी थिईन् ।