०-१ गोलको विरुद्ध बारा ११ ले गरे पहिलो सेमिफाइनल जित हासिल ।

कोल्हबी (बारा):= बाराको कोल्हबी नगरपालिकामा अवस्थित जनशक्ति क्लब कोल्हबी,समाज बिकास युवा क्लब कुमरगढी,सनसाइन युवा क्लब प्रसौना र श्री सिर्सागढीमाइ युवा क्लब अधनवाको आयोजनामा कुमरगढी खेल मैदानमा जारी तेस्रो कोल्हबी गोल्ड कपको पचौ दिन बिहीवार बारा ११ र बैङ्खरी एकाडेमी महोत्तरी बिच भिडन्त भएको पहिलो सेमिफाइनल खेलमा ० को बिरुद्ध १ गोलले बारा ११ ले सानदार जिल हासिल गरेको छ।

बारा ११ का जर्सी नम्बर १०का बिबेक चौधरीले खेलको पहिलो हाल्फको १४ औं मिनेट जादै पहिलो गोल गरि आफ्नो टिमलाई ० को विरुद्ध १ गोलले बिजय घोषित गराएको छ। बारा ११ का जर्सी न.१० का बिबेक चौधरीलाई ट्रफी तथा मोबाइल सेट प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो।

उक्त खेल अनुमानित २१ लाख ९० हजारको लागतमा भइरहेको छ। र साथै शुक्रबार हुने दोश्रो सेमिफाइनल खेलमा गोल्डेन स्टार दुबही सुन्सरी र बागमती ११ सर्लाही बीच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद र सिल,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जन्शक्ति क्लब कोल्हबीका सचीव लक्ष्मीनारायण चौधरीले जानकारी दिए । १८ गते आइतबार देखि सुरु भएको खेल २८ गते बुधबार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको साथै २४ गते सनिवार रेस्टको दिन महिला मैत्रीपुर्ण( चपुर र बागमती) बिच खेल हुने बारे आयोजक समितीले जानकारी दिए।