काठमाडौं:= ‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । तीन दिने लामो भ्रमणका लागि उनी बिहीबार बिहान काठमाडौं आइपुगेकी हुन् । उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतकोले एयरपोर्टमा स्वागत गरेका थिए ।
उनी सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँ घुम्ने बताइएको छ । टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन् ।
साथै ऊनी सोर्सिङ गाउँ समेत अवलोकन गर्न जानेछिन सोर्सिङ गाउँमा मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ द- पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । उक्त प्रोजेक्ट हेर्नका लागिपनि टोनि नेपाल आएकी हुन् ।
साथै, सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन समेत हुँदैछ ।
संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।




















