काठमाडौं:= चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४५ सेकेण्डको टिजरमा कलाकारहरुलाई भिन्न अवतारमा देखाइएको छ । आशुसेन फिल्मस्को व्यानरमा निर्माण भएको ‘प्रेमगीत ३’मा सन्तोष सेनको लगानी रहेको छ ।
चलचित्रलाई छेतन गुरुङ र निर्माता सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन्। चलचित्रमा अभिनेता प्रदीप खड्का ‘प्रेम’को भूमिकामा छन्। यस्तै ‘गीत’को भूमिकामा नव–अभिनेत्री क्रिस्टिना गुरुङले अभिनय गरेकी छिन्।
निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्ममा प्रदीप र क्रिस्टिनाका अलवा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराई, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ।
राजेश श्रेष्ठको छायाँकन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीको सम्पादन छ। फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रमहेको छ । फिल्म चैत २८ गते देखी प्रदर्शनमा आँउदैछ । यो फिल्मलाई वर्षकै प्रतिक्षितमध्येको एक फिल्मका रुपमा हेरिएको छ।




















