काठमाडौँ := नेपाली चलचित्र का अभिनेत्री तथा अभिनेता हरूको पढाइ को बारेमा जान्ने कहुतोहलता सबै मा हुने गर्दछ । आफूलाई मन पर्ने अभिनेता अभिनेत्री ले कति पढ्या होला भन्ने जिज्ञासा हुन सक्छ । आज हामी नेपाली चलचित्र का केही अभिनेत्री तथा मोडलको पढाइ को बारेमा चर्चा गर्दैछौ । कुनै बेला नेपाली फिल्मी क्षेत्रमा अभिनेता अभिनेत्री हरूले कम पढेको भन्दै धेरै नै आलोचनाहरू भइरहन्थ्यो ।
तर अहिले पछिल्लो समयमा चलचित्र क्षेत्रमा धेरै पढेलेखेका नयाँ अभिनेता अभिनेत्रीहरू नेपाली फिल्मी जगमा राम्रो आकर्षण रहेको छ । नेपाली सने क्षेत्रमा केही यस्ता अभिनेत्रीहरू पनि रहेका छन् जो पढाइमा पनि उत्तिकै अब्बल रहेका छन् ।
केही अभिनेत्रीहरू विभिन्न कारणहरूले पढ्न नपाएपनी पनि चलचित्र क्षेत्रमा भने राम्रो सफलता पाइरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले ८ कक्षा पढेपछी पढ्ने फुर्सद नै पाइनन् । उनी सिने क्षेत्रमा धेरै व्यस्त भइन् । नेपाली चलचित्र क्षेत्रमा सुपर हिट फिल्महरू दिएकी करिश्माले फेरी आफ्नो पढाइलाई निरन्तरता दिएकी छिन् । त्यस्तै अन्य अभिनेत्रीहरुको पढाइ कति छ त ?
वर्षा शिवाकोटीः स्नातक (बिबिए बिआई)

रिमा विश्वकर्माः स्नातक (बिए)

सञ्जिता लुइटेलः स्नातकोत्तर (एमए)

ऋचा शर्माः स्नातकोत्तर (एमए)

केकी अधिकारीः स्नातकोत्तर (एमबिए)

बेनिसा हमालः स्नातकोत्तर (एमए)

प्रियंका कार्कीः स्नातक (फिल्म डेभलभमेन्ट)




















