मलेसियाको ८ औं नयाँ प्रधानमन्त्रीको रुपमा मोहिद्दीन यासिन नियुक्त।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको प्रधानमन्त्री डा.महाथिर मुहम्मदले यहाँका राजालाई प्रधानमन्त्री पद त्यागेको राजीनामा बुझाएको एक हप्ता नबित्दै मलेसियाका लागी नयाँ प्रधानमन्त्री नियुक्त भएका छ्न।

महाथिर प्रधानमन्त्री रहेकै बेलामा सरकारको गृहमन्त्री रहेका
प्रिबुमि पार्टी बेरसातु मलेसियाका अध्यक्ष तान श्री मोहिद्दीन यासिनलाई आज शनिबार नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको हो।


“(मलेसियाका राजा अब्दुल्लाह रियायतुद्दीन अल-मुस्तफा बिल्ला शाह) ले भने कि प्रधानमन्त्रीको नियुक्ति जनता र राष्ट्रको हितका लागी ढिलाइ हुनु राम्रो होईन त्यसैले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गरेका हौं भने ।
” सबैका लागि यो उत्तम निर्णय हो भन्ने विश्वास पनि मनमा लिइएको र आशा गर्दछौँ कि यसले यस समय देखापरेको राजनीतिक संकटको अन्त्य गर्दछ,” राजाको भनाईलाई उधृत गर्दै सञ्चारकर्मीसंगको कुराकानीमा अहमदले बताए ।
अहमदले थप्दै बोलेकी, राजाले संघीय संविधानको धारा (० (२) (क) र (४३ ) , (२) (ए) को अनुरूप मोहिद्दीनलाई प्रधानमन्त्रीको रूपमा चयन गरेका हुन र नयाँ प्रधानमन्त्रीको
शपथ ग्रहण कार्यक्रम मार्च १ तारिख भोलि बिहान १०:३० बजे इस्ताना नेगारामा हुनेछ्न।

आफू प्रधानमन्त्रीको रुपमा चुनिएको थाहा पाएपछि आफ्नो निवास बाहिर पत्रकारहरुसँग कुरा गर्दै मुहिद्दीनले भने: “म अल्लाहलाई धन्यबाद दिन चाहन्छु कि मलाई मलेसियाको ८ औं प्रधानमन्त्रीको रुपमा नियुक्ति दिएर मलेसियाली जनताको सेवा गर्ने मौका दिइएको छ । “म सबैलाई धन्यवाद दिन चाहन्छु जसले मलाई आफ्नो नैतिक समर्थन दिएका छन् , मलाई आशा छ कि सबै मलेसियालीहरूले आज घोषणा गरिएको निर्णयलाई स्वीकार गर्नेछन्।”