अनमोल र सुहानाको चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन सुरु।

काठमाडौं := आज काठमाण्डौको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन सुरु गरिएको छ।

चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा चलचित्रको सिंगो यूनिट नै उपस्थित रहेको थियो भने कलाकारले क्यामेराको पुजा गरे ।

चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार चलचित्रको छायांकन पोखरामा १० दिन, काठमाण्डौ र ललितपुरमा करिब ३० दिन गरिनेछ । यसपछि, चलचित्रको छायांकन यूरोप र ओमानमा गरिने योजना समेत बनाईएको सुनिलले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रेमकथामा आधारित यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको रहेकोछ । गतबर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरो हजुर ३’को चौथो सिरिजलाई पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।