मलेसियामा कार्यरत श्रमिकले १२ सय रिंगिट न्युनतम तलव नपाए उजुरी गर्न सक्नुहुनेछ:राजदूत उदयराज पाण्डे।

क्वालालम्पुर(मलेसिया):= मलेसियाले फेब्रुअरी १ देखि लागु हुनेगरी भनिएको ५६ वटा शहरहरुमा न्यूनतम तलव वृद्धि गरि कार्वानयन गराईएको छ। बृद्धि भएको तलव अनुसार अव श्रमिकले न्यूनतम (बेसिक ) एक हजार दुई सय (१२) सय रिंगिट तलव,सेलरी पाउनेछन्।

सोही अनुरुप यदि मलेसिया सरकारले लागू गरिएको न्युनतम तलव एक हजार दुई सय बेसिक सेलरी नदिईएमा वा नपाएमा नेपाली राजदुतावास मलेसियामा उजुरी गर्न आह्वान गरेको छ । मलेसियामा रहेको श्रमिकहरुको न्युनतम तलब एक हजार दुई सय मलेसिया रिंगेट भएको छ । यो संगै कुनै पनि नेपाली श्रमिकले नयाँ श्रम सम्झौता अनुसारको , मलेसिया सरकारले तोके बमोजिम तलब नपाएमा नेपाली दुतावास मलेसियामा इमेल वा निबेदन पेस गरी तुरुन्तै उजुरी गर्नसक्नुहुनेछ भनेर मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले आग्रह गर्दै भन्नुभयो।

दुतावासमा उजुरी आए पछि सम्बन्धित कम्पनीलाई इमेल वा चिठि मार्फत नयाँ सम्झौता अनुसारको तलब दिनको लागि चेतावनी दिने र त्येसलाई इन्कार गरे लेभर डिपार्टमेन्टमा उजुरी गरी मलेसिया सरकारको कानुन बमोजिमको कार्बाहिको दायरामा ल्याउने राजदुत पाण्डेले बताउनु भयो।

दुतावास आउन र निबेदन पेस गर्न असमर्थ भएमा नेपाली दुतवास मलेसियाको ईमेल eonkualalumpur@mofa.gov.np र हटलाईन नम्बरमा ०१६-२४७२७७७ ह्वाटसएपबाट पनि उजुरी गर्न सकिनेछ।

मलेसिया र नेपाल् सरकार बिच नयाँ श्रमसम्झौता भएपछि सो सम्झौता पुर्ण रुपमा ब्यवहारिकतामा कार्वानयन हुन सकेको छैन , कागजमा मात्रै सिमित रहेको छ्न। अझैपनी नेपाल् बाट मलेसिया आउन चाहने नेपालीहरुले एक लाख देखि दुई लाख सम्म भारी रकम म्यानपावर , एजेन्टहरुलाई बुझाउन बाध्य भैईरहेका छ्न । सम्बन्धित निकाय र सरोकारवालाले छानबिन नगर्दा यो समस्या आएको र पीडित नेपालीहरुले वैदेशिक रोजगार बिभागमा उजुरी दिन जादा उजुरीनै लिन नमान्ने गरेको गुनासो सहितको जानकारी पनि हामीकहाँ प्राप्त भएको छ ।