नेकपा (माले) महासचिव सिपी मैनाली कार दुर्घटनामा परेर घाइते भएका छन् । झापाबाट काठमाडौं जान लागेका मैनाली सवार बा.७च २१३० नम्बरको कारलाई ना.४च ७६६८ नम्बरको पिकअपले बुधबार महोत्तरी बर्दिवास नगरपालिका–३ कालापानीमा ठक्कर दिएको थियो ।
दुर्घटनामा मैनालीसहित छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् । दाहिने खुट्टा दुई ठाउँमा भाँचिएका मैनालीको हाल काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको मालेको खेलकुद विभाग प्रमुख शंकर पोखरेलले जानकारी दिएका छन् ।
दुर्घटनापछि सबैको शुभस्वस्तिक अस्पताल बर्दिवासमा प्राथमिक उपचार गरिएको थियो । सामान्य उपचारपछि सेनाको हेलिकोप्टरले पाँचैजनालाई काठमाडौं लगेको थियो । मैनालीको बुहारी पूजाको खुट्टा भाँचिएको छ भने छोरा र नातिसमेत सामान्य घाइते भएका छन । चालक पौडेलको टाउकोमा गम्भीर चोट लागेको छ ।नयाँ पत्रीका दैनिक बाट




















