मलेसियामा कामदारको न्युनतम(बेसिक)तलव १२ सय रिंगिट कार्वानयन/कम दिए उजुरी गर्न मिल्ने।

क्वालालम्पुर (मलेसिया):= मलेसियाले फेब्रुअरी १ देखि लागु हुनेगरी भनिएको ५६ वटा शहरहरुमा न्यूनतम तलव वृद्धि गरेको छ। वृद्धि भएको तलव अनुसार अव श्रमिकले न्यूनतम (बेसिक ) १२ सय रिंगिट तलव,सेलरी पाउनेछन् ।

यो भन्दा पहिला गतबर्ष मलेसियामा न्युनतम तलव ११ सय रिंगिट कार्वानयन गरिएको थियो। अब कामदारले प्रतिघण्टा काम गरेको पाउने ज्याला पनि ५ दशमलव ७७ रिंगिट कायम गरिएको छ । पहिला चाहिँ प्रतिघण्टा न्यूनतम ज्याला ५ दशमलव २९ रिंगिट थियो ।

सरकारले सन् २०२० को बार्षिक बजेट अनुरुप नै श्रमिकको न्यूनतम ज्याला बढाएको खबर यहाँका स्थानीय सञ्चार माध्यममा समाचार छापिएको छ ।

मलेसियामा काम गर्दैगरेका कामदारले सरकारले तोकेको बमोजिम न्युनतम तलव नपाएमा नजिकैको श्रम कार्यालयमा गएर उजुरी दिन सक्नुहुनेछ , अथवा +60126845091 नम्बरमा ह्वाट्सएप मार्फत सम्पर्क गरेर पनि सहयोग माग्न सक्नुहुन्छ । यसैगरी ssk010@gmail.com मा ईमेल गर्न सक्नुहुन्छ । यो आप्रवासी श्रमिकलाई सहयोग गर्न सञ्चालित गैर सरकारी संस्था आवर जर्नीको सम्पर्क नम्बर हो ।