कोल्हबी (बारा):= बाराको कोल्हबी नगरपालिकामा अवस्थित जनशक्ति क्लब कोल्हबी,समाज बिकास युवा क्लब कुमरगढी,सनसाइन युवा क्लब प्रसौना र श्री सिर्सागढीमाइ युवा क्लब अधनवाद्वारा कुमरगढी खेल मैदानमा हुन गइरहेको तेश्रो कोल्हबी गोल्ड कपको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

कुमरगढी फुटबल खेल मैदानको प्राङ्गणमा मंग्लवार एक समारोहका बिच पत्रकार समेलन गरि तेश्रो कोल्हबी गोल्ड कप खेल हुने बारे आयोजक समितिले जानकारी दिए। जनशक्ति क्लब कोल्हबीका अध्यक्ष त्रीयोगी राउत थारुको सभापतित्व र वडा न.६ का वडा अध्यक्ष पुरन्देव चौधरीको प्रमुख अथित्वमा मंग्लवार सम्पन्न भएको कार्यक्रममा वडा न.७ का वडा अध्यक्ष बिरेन्द्र चौधरी,सपही कलेजका संचालक समितीका अध्यक्ष रामप्रसाद चौधरी,संस्कार एफ एम कलैयाका एम .डि अनिल कुमार गौरव लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमका संचालन धिरेन्द्र पनुहरले गरेका थिए।

अनुमानित २१ लाख ९० हजारको लागतमा हुन गइरहेको तेश्रो कोल्हबी गोल्ड कपमा हर्दी समाज चितवन,मुन्डियाल युवा क्लब हेटौंडा मकवानपुर,बागमती ११ सर्लाही,शैलेश युवा क्लब लहान १२ सिरहा,बैङ्खारी एकेडेमी महोत्तरी,गोल्डेन स्टार दुहबी सुनसरी,बारा ११ साथै आयोजक टिम गरि ८ वटा टिमहरुको सहभागी रहने क्लबका अध्यक्ष चौधरीले जानकारी दिए । प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद र सिल,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ। १८ गते आइतबार देखि सुरु हुने खेल २५ गते आइतबार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको साथै उक्त खेलको उद्घाटन कोल्हबी नगरपालिकाका नगर-प्रमुख भरत बहादुर भण्डारी ज्युले गर्ने आयोजक समितीले जानकारी दिए।




















