चितवन := धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरबाटै निर्माण भैइरहेको नेपालकै पहिलो क्रिकेट रंगशाला गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ वेयरु यगरीकल्चर फर्म(wayroo agricultural farm) का सिईओ तथा चर्चित चित्रकार गोकर्ण नेपालीले आर्थिक सहयोग प्रदान गरेको छ ।

आर्थिक सहयोग बोकेर रंगशाला पुगेका गुल्मी जिल्ला इस्मा गा.पा. वार्ड नम्बर ३ दर्लामचौरमा जन्मनु भएका गोकर्ण नेपाली बहुप्रतिभाशाली चित्रकार समेत हुनुहुन्छ ।
सामाजिक काममा पनि सक्रियताका साथ लागेका गोकर्ण १५ महिनाको प्रबास बसाइ पछि नेपाल फर्किएर अहिले (wayroo agricultural farm) को सिईओको रुपमा काम गरिरहेका छ्न।

सिताराम कटेल “धुर्मुस” , अर्जुन भुसाल, आयुस न्यौपाने लगायतको आफैंले कोरेको स्केच लिई चितवन रंगशालामै गएर सो स्केचहरु अर्जुन भुषाललाई हस्तान्तरण गर्नु भएको हो भने केही आर्थिक सहयोग समेत हस्तान्तरण गरेका छ्न।



















