मौलापुरमा आयोजित मधानी महायज्ञमा जुत्ताचप्पल प्रहार/निरहुवा र अम्रपाली स्टेज छोडेर भागे।

नेकपा नेता प्रभु शाहको गृह नगर रौतहटको मौलापुरमा गएराति आयोजना गरिएको भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’ र अभिनेत्री आम्रपाली दुबे लगायतको साँस्कृतिक कार्यक्रम भाँडिएको छ ।

मौलापुर नगरपालिकाको पतौरा टोलमा मंगलवारदेखि आयोजित मधानी महायज्ञको अवसरमा राखिएको रात्रिकालीन साँस्कृतिक  कार्यक्रममा भारतीय मुलका चर्चित भोजपुरी सुपरस्टार कलाकार निरहुआ, आम्रपाली र ईन्दु शोनालीलगायतको कलाकारमाथि चप्पल जुत्ता वर्षिएपछि उनीहरु स्टेज छाडेर भागेका थिए।


साढे ९  बजे शुरु भएको  कार्यक्रममा कलाकार दिनेशलाल निरहुआद्वारा परिचयात्मक गीतपछि मञ्चमा गैर कलाकारको अनावश्यक भिडलाई दर्शकहरुले हटाउन माग गरे। उक्त भिड नहटेपछि जुताचप्पल चलेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

मञ्च व्यवस्थित नभएको  र मञ्चमाथि फोटो खिच्न, सेल्फी लिन तथा अनावश्यक रुपले गैर कलाकारले पनि मञ्चमा नृत्य गर्न थालेको , अश्लील गित बढी गाएको दर्शकको आरोप थियो। पतौरामा पुरातात्त्विक शिव मन्दिर भेटिएको खुशियालीमा मौलापुर नगरपालिकाको कार्यक्रम आयोजनामा गरेको थियो।