सरकार विरुद्ध थारु समुदाय सशक्त आन्दोलन गर्ने तयारी गर्दै।

कैलाली := थरुहट थारुवान राष्ट्रिय मोर्चाले केहीदिन अगाडी पत्रकार सम्मेलन मार्फत घोषणा गरेको थरुहट आन्दोलनको तयारी तिब्र पार्न कैलालीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

थारु नेता लक्ष्मण थारुको नेतृत्वमा रहेको थरुहट थारुवान रास्ट्रीय मोर्चाले कैलालीमा आन्दोलन गर्नको निम्ति सम्पूर्ण थारु संघ संस्थाहरुलाई अन्तरक्रिया कार्यक्रममा निम्त्याउनको लागी पत्राचार गरिरहेको मोर्चाका कैलाली जिल्ला संयोजक माधव चौधरीले बताए।

यहि माघ १८ गते शनिबार धनगढी स्थित कृषि बिकास तालिम केन्द्रमा हुने अन्तरक्रिया कार्यक्रमको मुख्य उदेश्य कैलालीमा आन्दोलनको तिब्र तयारी रहेको छ ।
मोर्चाले सरकारलाई माननीय साँसद रेशम चौधरी लगायत थारु राजबन्दीहरुलाई रिहाइ गर्न २० दिने अल्टिमेटम दिसकेको अवस्थामा यदि सरकारले अटेर गरे थरुहट मोर्चाले आन्दोलनको चेतवानी पनि पत्रकार सम्मेलन मार्फत घोषणा गरिसकेको र अब सरकार विरुद्ध वार कि पार अन्तिम लडाइँ लड्ने बताएका छ्न।