वीरगन्ज । अनलाईन मार्केटिङ्ग र अमेरिका, क्यानडा, सिंगापुरको भिसा लगाई दिने भन्दै ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले ठगी गर्ने एक भारतीय नागरिक सहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडानम्बर ९ घर भई हाल वीरगन्ज महानगरपालिका १५ ब्रहमचोक बस्ने २९ वर्षिय रोशन सिंह, २१ वर्षिय बिशाल सिंह, वीरगन्ज महानगरपालिका १५ निवासी १८ वर्षिय फारुख आलम, भारतको कोलकता घर भई वीरगन्जमा डेरा गरी बस्दै आएका २६ वर्षिय सबिक भक्त रहेका छन ।
फेसबुक, हवाटस अप, ट्विटर, म्यासेन्जर जस्ता सामाजिक सञ्जालबाट क्ल्ब फयाक्ट्री अनलाईन शपिङ्ग एप खोली एप्पल कम्पनीको सस्तो मुल्यमा मोबाईल मगाई दिने, अमेरिका, क्यान्डा, सिंगापुर लगायतका देशहरुको भिसा लगाईदिने भन्दै झुठा आश्वासन दिई ठगी गर्दै आएका सूचनाको आधारमा पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट बरामद भएको मोबाईलमा ठगीमा प्रयोग गरिएको आवश्यक कागजातहरु नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक राठौरले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गराई प्रहरी नियन्त्रणमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




















