तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
पेनाङ्ग नेपाल युवा क्लब , जनउद्धार केन्द्र लभलेन सम्पर्क समितीको आयोजनामा भलिबल प्रतियोगिता र भाग्यसाली उपहार कुपन साथै जनउद्धार केन्द्र को लागि बनाइएको गीत बिमोचन कार्यक्रम पेनाङ्ग को लिपसिङ्गमा सम्पन्न भएको छ। PNYC का अध्यक्ष प्रीतम थापा सभापतित्वमा भएको उक्त कार्यक्रममा जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा प्रमुख अतिथी , जनउद्धार केन्द्रकै वरिष्ठ उपाध्यक्ष शेर बहादुर श्रेष्ठ ,सचिब शंकर देब आचार्य , कमल खड्का बालकृष्ण भन्डारी लगाएतको अतिथीत्यतामा सप्पन्न भएको थियो । कार्यक्रम मा बोल्दै अतिथी शंकर देव आचार्य ले भन्नुभयो कार्यक्रम अत्यन्तै उल्लासमय रहेको र सम्पुर्ण खेलाडी हरुलाई शुभकामना दिदै गर्मीमा आफ्नो स्वास्थ को ख्याल गरि संयमित र अनुसाशित भएर खेल खेल्न अनुरोध गरेका थिए।

जनउद्धार केन्द्र मलेसियाले संस्थाको आफ्नै गीत पाएको र म्युजिकको माध्यमबाट पनि सबै नेपाली श्रमिक लाई सचेत र जागरुक गर्न सकिने बताउदै गीतका रचनाकार प्रीतम थापा , गायक तथा संगीतकार अर्जुन थापालाई धन्यवाद दिदै उहाँ हरुको सङ्गितिक यात्राको प्रगतीको शुभकामना समेत दिएका थिए। कार्यक्रमको प्रहिलो चरणमा लभलेन सम्पर्क समिति द्वारा बनाइएको उद्धार गीत बिमोचन तथा हस्तान्तरण भएको थियो केशु थापाले रिबन काटेर गितको बिमोर्चन गरी गीत सम्पर्कसमितीका सम्पुर्ण सदस्यले केन्द्रिय कमिटी लाई हस्तान्तरण गरेको जनउद्धार केन्द्र मलेसियाको लभलेन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण भण्डारीले जानकारी दिनुभयो। भलिबल प्रतियोगितामा विभिन्न संघसंस्था , क्लब हरुबाट गरि जम्मा १४ समुहको सहभागिता रहेकोथियो ।
प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथी केशु थापाले बल सर्भिस गरेर सुरु गरेको भलिबल प्रतियोगिता अत्यान्तै रोमान्चक र प्रतिस्पर्धात्मक तरिका बाट साँझ ६ बजे सम्म चलेको थियो र बाँकी रहेको खेल भोलिपल्ट बिहान् ८ बजेबाट सुरु गरिएको थियो । खेल मा पलाङ्गी युवा क्लब , नागासरी समूह ,पेनाङ्ग नेपाल युवा क्लब क्रमश प्रथम दितिय र त्रीतिय स्थान हासिल गरेका थिए। बिजेता टिम ले क्रमश नगद RM ३ हजार ,नगद RM २ हजार र त्रीतिय पुरस्कार १ हजार नगद सहित बिजेता सबैलाई ट्रफी प्रमाणपत्र सहित सम्मान पाएका थिए। कार्यक्रमको तेस्रो चरणमा भाग्यसाली उपहार खोलिएको थियो जनउद्धार केन्द्र को सहयोगार्थ संचालित चिट्ठा कार्यक्रम मा प्रथम उपहार LED टेलिभिजन सहित विभिन्न १० पुरस्कार रहेका थिए ।
प्रथम पुरस्कार कुपन नं, 1396 द्धितिय पुरस्कार कुपन नं,1707 त्रीतिय पुरस्कार कुपन नं, 1232 चौथो पुरस्कार कुपन नं, 2070 पाचौं पुरस्कार कुपन नं,1186 छैटौं पुरस्कार कुपन नं, 1874 सातौ पुरस्कार कुपन नं, 1411 आठौ पुरस्कार कुपन नं, 1350 नवौं पुरस्कार कुपन नं,1409 र दशौं पुरस्कार कुपन नं, 1891 ले हात पारेका छन । माथी उल्लेखित कुपन नंम्बर भएका भाग्यसाली उपहार बिजेताहरुले केहि पुरस्कार हरु अनुपस्थितका कारण नलिएको जनाउदै आफ्नो कुपन सहित उपहार लिन कार्यक्रम आयोजक लभलेन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण भण्डारी लाइ 01130896850 मा सम्पर्क गरी भाग्यसाली उपहार लिदिनुहुन समेत कार्यक्रम आयोजकले अनुरोध गरेको छ। र अन्त्यमा कार्यक्रम का सभापति PNYC का अध्यक्ष प्रीतम थापा ले सहभागी सबैलाइ धन्यवाद दिदै आगामी दिनमा समेत यी र एस्ता खाल्का कार्यक्रम लाई अझै परिमार्जित तरिकाले ल्याउने बताउदै सहयोगि सबैलाइ धन्यवाद दिदै कार्यक्रम बिसर्जन गर्नुभएको थियो ।





















