युएई := रोजगारीको सिलसिलामा युएई (दुबई) गएका दाङ जिल्लाका एक नेपाली कामदारको निधन भएको छ । दाङ बबई गाउँपालिका वडा नं. ५ बबरपुर निवासी ३५ बर्षीय सोमराज वलीको मृत्यु भएको हो ।
भवन निर्माण गर्ने शिलसिलामा लडेर गम्भीर घाईते भएका वलीको उपचारको क्रममा अस्पतालमा आईतबार मृत्यु भएको हो । वली दुई बर्ष पहिले रोजगारको शिलसिलामा दुवै गएका थिए ।
यता मृतक वलीका श्रीमती खिमा वलीको गएको बैशाखमा रुखमा घाँस झार्न गएको बेला लडेर मेरुदण्ड भाचिएको छ । मृतक वलीका एक छोरा र एक छोरी रहेका छन ।




















