काठमाडौं:= केही समयदेखि लगातार सुपरहिट नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरेर व्यापक चर्चामा रहेको नाम हुन नायक पल शाह र नायिका वर्षा राउत । दुवै फिल्ममा पनि अभिनय गर्छन्त। तर, फिल्ममा भन्दा बढी म्यूजिक भिडियो खेल्छन् ।


थुप्रै नेपाली गीतमा मोडलिङ गरिसकेका पल र वर्षाले बुधबार एउटा थारु गीतमा अभिनय गरेका छन् । गायक नरेश जोगी र गायिका कामना प्रसाईको ‘पहाडी बठिनीया’ बोलको थारु गीतमा उनीहरुले अभिनय गरेका हुन्। नेपाललाइभलाई प्राप्त सुटिङको तस्बिरमा पल र वर्षा थारु पहिरनमा उत्साहित देखिन्छन् ।

नरेशकै शब्द र संगीत रहेको यो गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । अर्जुन तिवारीले खिचेको गीतको सुटिङ बुधबार राती सकिएको थियो । ‘गीतमा थारु संस्कृति र पुराना गोरुगाडाको पनि प्रयोग गरिएको छ । थारु गीतमा पल र वर्षाको जोडी देख्दा दर्शकले नयाँ स्वाद महसुस गर्नुहुनेछ,’ गायक जोगीले भने । गीत माघ अगावै सार्वजनिक गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।नेपाल लाइभबाट




















