सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु

तेहरान । इरानी सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भएको भागदौडमा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

अमेरिकी हवाई सैन्य कारबाहीमा बिहीबार इरानी सैन्य कमान्डर सुलेमानीको मृत्यु भएको थियो । उनको अन्त्येष्टिका लागि हजारौं इरानी जम्मा भएका थिए ।

उक्त अन्त्येष्टि सभामा एक्कासि भागदौड मच्चिएको थियो । उक्त भागदौडमा ४० जनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनको मृत्युले अमेरिका र इरानबीच युद्ध हुनसक्ने त्रास फैलिएको छ । सुलेमानी इरानमा सर्वोच्च नेता खामेनीभन्दा पछि दोस्रो दर्जाका शक्तिशाली व्यक्ति हुन् । अमेरिकालाई सुलेमानीलाई एक आतंककारी र अमेरिकी सैन्य टुकुडीका लागि त्रासको रुपमा हेरिएको थियो ।–(बीबीसी)