वडास्तरीय थारु महिला सभा गठन/तिला संक्राईतको अवसरमा औराबनि स्थित महिला सभाले भब्य महोत्सवको आयोजना गर्ने।

सुनिल चौधरी,,

झुम्का:= थारु महिला सभा जिल्ला सुनसरी र गाउँपालीका महिला सभा समितिको पहलमा गढी गाउपालिकाका वडाहरुमा वडा स्तरीय थारु महिला सभा गठन हुदै छन् । मौलिक पर्वहरुलाई प्रवद्र्धन र भाषा, संस्कृतिलाई संरक्ष्णकालागी गढीमा थारु समुदायका महिलाहरु संगठित हुन थालेका छन् ।

गढी वडा नं. १ मा आईतवार ९ सदस्य समिति रह्नेगरी थारु महिला सभा वडा समिति गठन भएको छ । सर्वसहमतिले गिता चौधरीको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गुञ्जा चौधरी,सचिवमा करुण चौधरी, सहसचिवमा दिपकुमारी चौधरी र कोषाध्यक्षमा संगिता चौधरी निर्विरोध चयन भएको छ । यसैगरी सदस्यहरुमा शिवकुमारी संकुन्तला, पुनम र अमुता चौधरी चयन हुदै समिति निर्माण भएको हो ।

थारु महिला सभा जिल्ला सुनसरीकी अध्यक्ष शुसिला लेखीको प्रमुख आतिथ्यतामा समिति गठन भएको छ । समितिमा महिला अधिकार कर्मिहरुको सदस्यता रहेको छ । समिति गठन कार्यक्रममा वडा नं. १ वडा अध्यक्ष संकर प्रसाद चौधरी, थारु युवा सभा जिल्ला अध्यक्ष टिकाराम चौधरी, महिला सभा जिल्ला सचिव ममता चौधरीको समेत उपस्थिती रहेको थियो । गाउँपालिका महिला सभा सचिव सन्तोषि चौधरीको सभापतित्वमा संचालन भएको थियो । गठनकै क्रममा वडा २ नंं.मा गायत्रि चौधरीको अध्यक्षतामा समिति गठन भै सकेको छ भने वडा नं. २ मा समेत वडा महिला सभा गठन भएको समितिले जानकारी दिए ।

यसैगरी महिला सभा गढी समितिले यस बर्षको तिला संक्राईतको अवसरमा महोत्सव गर्ने जानकारी दिएका छन् । पौष २६ र २७ गते गर्ने तयारी गरीरहदा थारु कलयाणकारीणी सभा ईटहरीले पनि सोही दिन गर्ने भएकोले पुनरबिचार गर्ने र पौष २५ गते पत्रकार सम्मेलनगरी जानकारी गराउने गाउँपालिका सचिव सन्तोषि चौधरीले जानकारी दिईन् । पर्वलाई गाउँ स्तरबाट प्रवद्र्धन गर्न महोत्सव गर्नलागेको समितिले जनाएको छ । दुई दिने महोत्सवमा सांस्कृतिक कार्यक्रम, पौराणिक गित गोधन, सचेतना गर्ने खालका नाटक, चाचैर बिरहैन, पराती गितहरुको प्रस्तुती लगायत थारु खाना पर्दशनि रहने जानकारी दएका हुन् ।

नयाँ अन्नवालीबाट परिकार बनाई तिला संक्राईत पौराणिक तथा ऐतिहासिक पर्व भएकोले यसलाई मौलिक्ता लोप हुन नदिन कार्यक्रमको आयोजना गर्नु अवश्यक्ताका बारेमा जिल्ला सभा अध्यक्ष शुसिला लेखी बताईन् । जिल्लामा महिलाहरु संगठित हुदै छौ यसबाट अधिकारका सवालमा समेत उठान गरेर जाने जिल्ला अधयक्ष लेखीले बताईन् । थारु महिला सभा अधिकारका सवालमा आन्दोलनकै चरणमा रहेकोले थारुको समग्र अधिकार प्राप्ति नहुन्जेल संघर्ष गरीरहने जानकारी दिईन् । स्थानिय तह तथा वडाहरुबाट महिलाहरुकालागी आयआर्जन गर्ने खालका योजनाहरु ल्याउनु पर्ने बताईन् । महिलाहरु आत्म निर्भर हुन सके महिला हिंसा न्युनिकरणहुने बिश्वास ब्यक्त गरेकी हुन् ।