महेन्द्र केरुङ - मलेसिया
मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ। दाङ जिल्ला घोराही उपमहानगरपालिका वाड न .– ७, नैनुहार निवासी ४३ बर्षिय दुर्गा बहादुर बिटालु काे मृत्यु भएको हो ।

उनी मलेसियास्थित जोहोर बारु बातुपहात शहरको सोङलिन कम्पनीमा १० बर्ष देखि कार्यरत थिए। (पासपोर्ट न .10501507)नागरिकता न.५२२०३२४२१ का बिटालु आज पौष २०गते आइतबार बिहान करिब ११ बजे सुतेकै ठाउँमा उनको हृदयाघातका कारण मृत्यु भएको छ।

उनको शव मलेसिया बातुपहातको सुल्तानअस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । दुर्गा को शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरिरहेको छ।बिटालु घर फर्किन एक महिना मात्र बाकी हुँदा आज अचानक मृत्यु भएको हो।उनका घरमा श्रीमती ,२छोरी,१छोरा रहेका छन ।




















