कपिलवस्तुको शिवराजमा ५ सय ५९ जनाको निशुल्क आँखा जाँच ।

राम अवतार चौधरी ,,

कपिलवस्तु:= कपिलस्तुको शिवराज नगरपालिकाको खरेन्द्रपुरमा निःशुल्क आँखा शिविर बिहिबार सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं ३ र ४ को संयुक्त आयोजनामा भएको शिविरमा ५ सय ५९ जनाले सेवा लिएका छन् ।

वडा नं ३ र ४ का चेक जाँच गराएका विरामीहरु मध्ये १ सय २५ जनामा मोतिया बिन्दु देखा परेको छ । उनीहरुलाई निःशुल्क अपरेशनको लागि बुटवल पठाइएको वडा अध्यक्ष सापकोटाले बताए ।वडाले वडाबासीहरुलाई सहज रुपमा आँखा जाँच गराउने उद्देश्यले शिविर संचालन गरेको वडा कार्यालयले जनाएको छ । नेपाल नेत्र ज्योती संघ बुटवल, लायन्स आँखा अस्पाताल प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर भएको हो ।

उक्त कार्यक्रममा शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी थारु, प्रमुख प्रशासकीय
अधिकृत हरी प्रसाद आर्याल, वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटा, वडा नं ४
का अध्यक्ष सफिक अह्मद मुसलमान लगायतको सहभागीता रहेको थियो ।