काठमाडौं := नेपाली सिनेमा जगतमा कुनै समय एकक्षत्र राज गरेका एक्सन सुपरस्टारको रुपमा चिरपरिचित हिरो विराज भट्टले लामो समय पश्चात् एक्सनले भरपुर नयाँ फिल्म ‘साङ्लो’ लिएर आउने भएका छ्न ।
नेपाली हुँदै भोजपुरी सिनेमामा समेत सोही प्रसिद्धि बटुलेका विराज भट्टको डेब्यू निर्देशन ‘साङ्लो’को ट्रेलर युट्युबमा रिलिज भएको छ।तीन मिनेट लामो ट्रेलरबाट विराजले आफ्नो निर्देशकिय डेब्यू यो सिनेमा एक्सनले भरिपूर्ण रहेको संकेत गरेका छन्।
सिनेमाका निर्माता तथा मुख्य अभिनेता समेत भट्ट नै हुन्।
माघ २४ गते रिलिज हुने सिनेमामा उनले मिस नेपाल-२०१७ कि बिजेता निकिता चन्दकसँग जोडी बाधी अभिनय गरेका छ्न । स्मरण रहोस् निकिता चन्दक नेपालकै मधेसी समुदायवाट मिस नेपालको ताज जित्ने सुन्दरी हुन ।




















