सिमकोट । हिमाली जिल्ला हुम्लामा बिहीबार बिहान ११ बजेबाट निरन्तर हिमपात भइरहेको छ ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोटको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण स्थानीयलाई कामकाजदेखि दैनिक जीवन यापनमा समस्या भइरहेको छ । आज विहानदेखि हिमपात भइरहेकोले बस्तुभाउ तथा केटाकेटीको विजोक भएको स्थानीयले बताए ।

तस्वीर : दाने बोहरा, रासस




















