थरुहट थारुवान महिला मोर्चा गठनमा तिब्र विवाद/पुर्व देखि पश्चिम जिल्लाका थारुले गरे बहिष्कार।

उदयपुर := लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला बिभाग गठन गर्नको निम्ति उदयपुरमा आयोजित भेला पुस १२ गते शनिबार सम्पन्न भएको छ ।

उक्त भेलाबाट प्रेमा थारुको नेतृत्वमा थरुहट थारुवान महिला मोर्चाको गठन कार्यक्रम सम्पन्न भयो , तर भेलामा सहभागी पुर्व झापा देखी पश्चिम् सुर्खेत सम्मका १७ जिल्लाले उक्त भेलालाई बहिष्कार गरेका छ्न ।

(प्रेमा थारु)


भेलालाई बहिष्कार गर्ने पक्षले थरुहट थारुवान राष्ट्रिय मुक्ति मोर्चाको संयोजक लक्ष्मण थारुले लोकतान्त्रिक प्रक्रियामा  नगएर मनोमानी ढंगबाट नेतृत्व चयन गरेको आरोप लगाएका छन् ।  बहिष्कार गर्ने जिल्लामा बर्दिया,दाङ्ग ,कपिलबस्तु ,रुपन्देही ,नवलपरासी ,चितवन, पर्सा ,बारा,रौतहट ,सर्लाही ,धनुषा ,महोतरी ,सप्तरी ,सुनसरी ,मोरंग,झापा,सुर्खेत रहेका छन् ।


साग महिला खेलाडीलाई सम्मान, तर अतिथिमा पुरुष नै पुरुष:


शनिबार समापन भएको साग खेलमा पदक बिजेता थारु महिला,पुरुष खेलाडीहरुलाई भेलामा सम्मान कार्यक्रम राखिएको थियो । कार्यक्रम महिला भेला विशेष भएपनि अधिकांस भन्दा बढी पुरुष हरु नै अतिथिमा रहेको थियो ।

यता थरुहट थारुवान राष्ट्रिय मोर्चाले थारु समुदायको माउ संस्था थारु कल्याणकारिणी सभाबारे थारुहरु माझ भ्रम फैलाएको भन्दै देश भरि थाकसले प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेको छ ।
मोर्चाको भेला प्रति थारु कल्याणकारिणी सभाको समर्थन रहेको छैन ।