
क्वालालम्पुर (मलेसिया):= किरात राई यायाेक्खा मलेसियाकाे आयाेजनामा साकेला उधाैलि कार्यक्रम आईतबार सम्पन्न भएकाे छ।
किरात राईहरूले आफ्नाे महान चाडकाे रूपमा मनाउने गरेकाे साकेला, उभाैलि तथा उधाैलि कार्यक्रम मलेसियामा हरेक ६ महिनामा मलेसियाका बिभिन्न स्थानमा सम्पन्न हुने गरेकाे छ ।

कार्यक्रममा संस्थाका आजिवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र प्रदान गरियाे भने संस्थाका उपाध्यक्ष संजिव राईलाई विदाई पनि गरिएकाे थियाे । यश भन्दा अगाडि संस्थाका सल्लाहकार दीलिप राई ‘सगर’ काे पनि बिदाई कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रम तथा किरात राईहरूकाे संस्कार संस्कृतिकाे बारेमा बाेल्दै किरायाका बरिष्ट सल्लाहकार माेहन राईले रितिथिति, संस्कारले हामिलाई एक अापसमा मेलजुल भएर बस्न, परिअाएका बेला सरसहयाेग गर्न तथा एकापसमा बाधि राख्न मद्दत गर्ने बताउनुभयाे।
कार्यक्रममा किराँती परिकार लगायत नाचगान पनि प्रस्तुत गरिएकाे थियाे ।























