काठमाडौं:= राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार परेको क्रिश्चियन धर्मावलम्बीको महान चाड ‘क्रिसमस डे’को शुभ अवसरमा शुभकामना सन्देश जारी गरेकी छिन ।
” क्रिसमस डे ” लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । उनले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्ने कामना पनि गरेकी छन् ।
नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको स्मरण पनि गराएकी छन्। ‘बहुमूल्य सम्पदाको रूपमा हाम्रा विभिन्न चाडपर्व र संस्कृति रहेका छन् । तिनको संरक्षण सबैको साझा दायित्व हो’, राष्ट्रपतिले सन्देशमा भनेकी छन् ।




















