काठमाडौं := उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले पदबाट राजीनामा दिएका छन् । २०७५ जेठ १४ गते संघीय समाजवादी फोरम नेपाल, नेकपा एमाले र नेकपा माओवादी बीच संबिधान संसोधन सहित दुई बुंदे सम्झौता गर्दै केपी ओली नेतृत्वको सरकारमा उपप्रधान सहित स्वास्थ्य र शहरी विकाश मन्त्रालय सहित सरकारमा सहभागी भएको थियो ।

पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् ।
पत्रमा भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ





















