नेपाल माझी उत्थान संघ पेनाङ समिती गठन/मृगौला पिडित समीर माझीलाई सहयोग रकम हस्तान्तरण ।

नेपाल माझी उत्थान संघ मलेसियाका केन्द्रीय अध्यक्ष चन्द्र माझीको संयोजकत्वमा पेनाङ स्थित तामान प्लाङगीमा हिजो सम्पन्न भेलाले नेपाल माझी उत्थान पेनाङ शाखा गठन तथा पेनाङ शाखा द्वारा मृगौला पिडित समीर माझीको उपचारार्थ संकलित सहयोग रकम उनको परिवारलाई हस्तान्तरण गरेकोछ ।

नेपाल माझी उत्थान संघ पेनाङ शाखा समितिको अध्यक्ष छबिन्द्र माझी, उपाध्यक्ष माया माझी, सचिव राम कुमार माझी, सह-सचिव मखमली माझी, कोषाध्यक्ष सन्तोष माझी, सह-कोषाध्यक्ष लाल बहादुर माझी सदस्य कटक माझी, रत्न माझी र बिनेश माझी सहित नौं सदस्यीय समिति गठन गरेको छ ।

(आर्थिक सहयोग रकमको बैंकिङ सिलिप)

उक्त नवगठित समितिको सकृयतामा मृगौला पिडित समीर माझीको उपचारार्थ संकलित सहयोग रकम रू ६०,६५८.५०/- बुबा गोपाल माझीको नाममा आईएमई गरि नेपालमा पठाएको छ ।

समीर माझी झापा शिवसताक्षी ७ निवासी हुन । दश बर्षको उमेरमा नै दुबै मृगौला सम्बन्धि रोगबाट पिडित उनको हाल टिचिङ हस्पिटलमा उपचार भईरहेको छ ।