काठमाडौं । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ राजस्व छलेको आरोपमा विभागले मुद्दा दायर गरेको हो ।
नेपालमा वरुणले पेप्सीलाई बोटलिङ गर्दै आएको छ । नक्कली भ्याटबिलमा बहुराष्ट्रिय कम्पनीविरुद्ध दायर भएको यो ठूलो मुद्दा हो ।


















