अभिनेत्री पायल रोहतगीलाई जेल सजाय

काठमाडौं  । बलिउड अभिनेत्री पायल रोहतगीलाई जेल सजाय भएको छ । 

उनलाई कोर्टले २४ डिसेम्बरसम्म थुनामा राख्न फैसला सुनाएको हो । भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु र उनका पिता मोतीलाल नेहरुविरुद्धमा रोहगतीले आपत्तिजनक भिडियो बनाएकी थिइन् । 

भिडियोलाई आधार मानेर उनलाई अहमदाबाद पुलिसले पक्राउ गरेको थियो । 

रोहगतीले आफू पक्राउ परेको ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन् । ’मलाई मोतीलाल नेहरुको विषयमा भिडियो बनाएकै कारण राजस्थान पुलिसले पक्राउ गरेको हो,’ सबै जानकारी गुगलबाट साभार गरेकी थिए, के अभिव्यक्त गर्न पाउनु ठट्टा हो? उनले लेखेकी थिइन् ।