तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
गुरुङ हरुले परापुर्ब काल देखि मनाउदै आइरहेको च्यु (मुसा) ल्होसार ठूलो चाडको रूपमा मनाउदै आइरहेका छन । बिश्व भरी छरिएर रहेका नेपाली हरुलेपनि आ- आफनै तब तरिकाले च्यु (मुसा) ल्होसार मनाउने गरिएको पाइन्छ।

सधा झै मलेसियामापनि तमु समाज मलेसियाले मनाउदै आइरहेको च्यु (मुसा) ल्होसारको अबसरमा सुभकामना आदान प्रदानकार्यक्रम गर्ने भएको छ।
मलेसियामा बिगत १६ बर्ष एता मलेसियामा छरिएर रहेका गुरुङ युवा युबतिहरुको सक्रियतामा मलेसियामा स्थापित सस्थाले गुरुङ भासा प्रबर्द्धन कला सस्कृती जोगाउन लाई आफ्नो तरिकाले सघाउदै आइरहेको सस्थाले सधैं जस्तै यो पटक पनि सोही अबसरमा सुभकामना आदान प्रदानकार्यक्रम गर्ने तय गरेको तमु समाज मलेसियाका सचिब दिल गुरुङले जानकारी दिए।
सुभकामना आदानप्रदान कार्यक्रम मलेसियाको क्वालालम्पुर स्थित होटल एरिना स्टार मा स्थानीय समय अनुसार बिहानको १०:३० बाट सुरु हुने समेत सचिब दिल गुरुङले जानकारी दिए।

कार्यक्रम मा गुरुङ भासा का झाकी नृत्य प्रस्तुती रहनुका साथै अन्य स्थानीय कलाकार को प्रस्तुति समेत रहने कार्यक्रम आयोक समितिले जानकारी दिए।




















