जोहोरबारु (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरले नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा विशेष शुभकामना आदानप्रदान तथा रात्रिभोज कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाली संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने, प्रवासमा रहेका नेपालीबीच आपसी भाइचारा, एकता र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए क्षेत्रीय समिति जोहोरले जनाएको छ।
शनिबार, १७ अक्टोबर २०२६ का दिन जोहोरबारुस्थित टिगा सुइट्स, पुतेरी हार्बरमा आयोजना हुने कार्यक्रममा जोहोर राज्यसहित मलेसियाका विभिन्न स्थानमा स्थापित नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, श्रमिक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आमन्त्रण गरिएको छ।
कार्यक्रमले विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, चाडपर्व र परम्परालाई जीवन्त राख्न तथा नेपाली समुदायबीच आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
एनआरएनए क्षेत्रीय समिति जोहोरले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेको छ।
कार्यक्रम विवरण
- कार्यक्रम: विजयादशमी शुभकामना आदानप्रदान तथा रात्रिभोज
- मिति: १७ अक्टोबर २०२६, शनिबार
- समय: दिउँसो ३ बजेदेखि राति १० बजेसम्म
- स्थान: टिगा सुइट्स, जालान लक्सामाना १, पुतेरी हार्बर, जोहोरबारु, मलेसिया।




















