राजविराज । गर्भपतनको औषधी सेवन गरी असुरक्षित गर्भपतन गराउँदा सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।
तिरहुत गाउँपालिका ५ लोहजराकी ३० वर्षीया अन्जुदेवी महतोले ‘गर्भ बसेपछि औषधी सेवन गरी गम्भीर अवस्थामा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो ।
असुरक्षित गर्भपतन गराएकी अत्यधिक रक्तश्राव भइ अवस्था बनेपछि अन्जुलाई उनका श्रीमान महेन्द्र महतोले भर्ना गरे पनि रक्तश्राव नरोकीदा उपचार गराउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
डिएसपी मिश्रका अनुसार आर्थिक अवस्था अत्यन्त कमजोर रहेका महतो दम्पतिका एउटा अपाङ्गता भएका १२ वर्षीय छोरा तथा सात, पाँच र दुई वर्षका तीन छोरी छन् ।




















