मलेसियामा देहत्याग गरेका राजेसका परिवार लाई हातेमालो कल्याणकारी सस्था द्वारा सहयोग।

तिलोचन गौतम क्वालालम्पुर मलेसियाको सेलाङ्गर स्टेटको पोट्केलाङमा आत्माहत्या गरेका उदयपुर गाइघाट घर भै धरानमा मा बसोबास गर्दै आएका राजेश सुबेधीका परिवार लाइ प्रबासी हातेमालो कल्याणकारी समाज मलेसिया र पोट्केलाङमा ब्यबसाय गर्दै आएका स्थानीय नेपाली व्यावसायिको संयुक्त सहकार्यमा आर्थिक सहयोग गरेका छन। बङ्लादेसी नागरिकको होटलमा बिगत चार बर्ष देखि अबैधानिक तरिकाले काम गर्दै आएका उनिले गत २९ अक्टोबर आत्माहत्या गरेका थिए ।

मृतक सुबेधीको पारिवारिक आयस्थिति कम्जोर रहेको र मृतक परिवार लाई दाहसंस्कार गर्न सघाउने उदेश्यले प्रबासी हातेमालो कल्याणकारी समाज पोट्केलाङ मलेसियाको सक्रियतामा आर्थिक सहायता जुटाइ मृतक परिवार लाई पठाइएको हातेमालो कल्याणकारी समाज मलेसियाका अध्यक्ष पुरुस्वत्तम कार्की ढोली ले जानकारी दिनुभयो। अध्यक्ष कार्कीले सङ्कलन भएको रकम मृतक का बाबा र बहिनी को नाममा एक लाख एकाहत्तर त्रीपन्न रुपैया पठाइसकेको जनाए ।

उहाका अनुसार मलेसियामा रहेका आम श्रमिकका समस्याको समाधान खोज्न प्रवासी हातेमालो कल्याणकारी समाज मलेसिया लाई अझै बलियो बनाउदै बिस्तार गर्दै लैजाने प्रयासमा लागिरहेको बताउनुभयो ।