काठमाडौं । चर्चित व्यवासायी रूप ज्योति हिरासत मुक्त भएका छन् ।
जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रूप ज्योति हिरासतमुक्त भएका हुन्।
ठगी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
महानगरीय प्रहरी परिसरले ठगीको मुद्दा चलाउन बुधबार उक्त फाइल सरकारी वकिल कार्यालयमा पठाएको थियो ।
काठमाडौंका जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले अनुसन्धान पूरा नभएकाले मिसिल फिर्ता पठाएको बताएका थिए।
प्रहरीले कात्तिक २१ गते ज्योति र उनकी छोरी सुरुचिलाई त्रिभुवन विमानलस्थलबाट पक्राउ गरेको थियो । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
गत आइतबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न म्याद दिएको थियो।



















