काठमाडौं:= प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन्। केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको राजीनामा माग्ने र उनीहरुको सट्टा नयाँ मन्त्रीहरु नियुक्त गर्ने सम्भावना रहेको छ ।
स्रोतका अनुसार सरकारको आलोचना गरिरहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसा र जनार्दन शर्मा र सरकारसँग नरम रहेका फम्फा भुसाल, देवेन्द्र पोडेल र छबिलाल विश्व कर्मा मन्त्री बन्ने सम्भावना छ । त्यसै गरी बर्तमान सरकारको गुण र दोषको आधारमा समर्थन र विरोध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेबारी दिने तयारी गरेको स्रोतले बताएको छ।
तर, उनी यसअघि नै उपप्रधान मन्त्री भइसकेकाले कुन मन्त्रालय कुन हैसियतमा दिने भन्नेबारे कुनै तय भएको छैन। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ। प्रधानमन्त्रीका सल्लाहकारले उचित सल्लाह नदिएको आरोप लाग्दै आए पछि प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका सदस्यलाई परितर्वन गर्न लागेका छन्। प्रधानमन्त्रीको सचिवालयमा रहेको धेरैजसोले राजीनामा दिइसकेका छन्।



















