काठमाडौं:= रोजगारी (काम) को लागी कुवेत पुगेका एक नेपालीको दु:खद निधन भएको छ । नेपाल घर घोराही उपमहानगरपालिका वडा नम्बर २, सुकेडाँगी दाङका ३६ वर्षीय जबिन्द्र परियारको मृत्यु भएको हो।
परियार गत सेप्टेम्बर २७ तारिखका दिन मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत पुगेका थिए, त्यहाँ पुगेको डेढ महिना नबित्दै उपचारको क्रममा निधन भएको हो ।
दुई दिन मात्रै ड्युटी गरेका उनलाई एक्कासी टाउको दुखेपछि अक्टोबर २ तारिखमा फर्वानियाको अल सिफा अस्पातमा पुर्याईएको थियो । तर उनको त्यहाँ उपचार हुन नसकेपछि एक हप्तामा फर्वानिया अस्पातलमा रिफर गरिएको थियो ।
अस्पतालले बताए अनुसार उनलाई मस्तिष्कमा क्षयरोग लागेको र लामो समय उपचार गर्दा पनि डाक्टरले बचाउन नसकेको मुतकका भाई शैलेन्द्र परियारले जानकारी दिनु भयो ।परियारको शनिबार राती मृत्यु भएको हो । उनको घरमा एक छोरा एक छोरी रहेको बताईएको छ ।