क्वालालम्पुर (मलेसिया):= अक्टोबर २७ तारिख मलेसिया स्थित एबिन होटेल जोहोरबारुमा हामी नेपाली राष्ट्रिय समिति मलेसियाको उद्घाटन तथा दिपावली बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
हामी नेपाली राष्ट्रिय समिति मलेसियाका अध्यक्ष प्रकाश वाईबाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिका उपाअध्यक्ष टेक वाईबा लामा रहेका थिए । साथै मलेसियामा कृयाशिल नेपाली संघसंस्थाका पदाधिकारीहरु अतिथि रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वाईबाले दिप प्रज्वलन गरेका थिए भने मलेसियामा रहेका एक दर्जन भन्दा धेरै कलाकार द्वारा तिहार बिशेष र राष्ट्र भक्त नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
विश्वभर छरिएर रहेका नेपालीहरुलाई संगठित गराई नेपालको बिकासमा योगदान गर्ने उद्देश्यले स्थापना गरिएको हामी नेपाली ग्लोबल संथाको शाखा मलेसिया समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि टेक वाईबा लामाले सपथ ग्रहण गराई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
जोहोर (मलेसिया):= वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया आइपुगेका पाल्पाका नेपाली श्रमिक प्रेम मगरको सुत्यासुत्यै अवस्थामा निधन भएको छ।
मलाया खबरलाई प्राप्त जानकारीअनुसार, मगर करिब चार महिनाअघि...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको केडाह राज्यमा विदेशी नागरिकका घर र व्यापारिक प्रतिष्ठानहरूमा ह’ति’या’र’सहित ड’कै’ती गर्ने 'गेङ सुरिया' नामक कु’ख्यात सङ्गठित अ’प’राध समूहका ९ जना सदस्यहरू...
क्वालालम्पुर (मलेसिया) : मलेसियामा विदेशी श्रमिकलाई आफ्नो राष्ट्रिय परिचयपत्र (माईकाड) भाडामा दिने वा प्रयोग गर्नका लागि हस्तान्तरण गर्ने व्यक्तिलाई अधिकतम तीन वर्षसम्म कैद वा...
मलेसिया := मलेसियाको पेनाङ सिटी काउन्सिलले अ’वैध रूपमा विदेशी नागरिकहरूद्वारा सञ्चालित व्यावसायिक प्रतिष्ठानहरू विरुद्ध आफ्नो निगरानी र का’र’बाहीलाई तीव्र पारेको छ।
काउन्सिलको इजाजतपत्र (Licensing) र...