क्वालालम्पुर (मलेसिया):= अक्टोबर २७ तारिख मलेसिया स्थित एबिन होटेल जोहोरबारुमा हामी नेपाली राष्ट्रिय समिति मलेसियाको उद्घाटन तथा दिपावली बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
हामी नेपाली राष्ट्रिय समिति मलेसियाका अध्यक्ष प्रकाश वाईबाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिका उपाअध्यक्ष टेक वाईबा लामा रहेका थिए । साथै मलेसियामा कृयाशिल नेपाली संघसंस्थाका पदाधिकारीहरु अतिथि रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वाईबाले दिप प्रज्वलन गरेका थिए भने मलेसियामा रहेका एक दर्जन भन्दा धेरै कलाकार द्वारा तिहार बिशेष र राष्ट्र भक्त नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
विश्वभर छरिएर रहेका नेपालीहरुलाई संगठित गराई नेपालको बिकासमा योगदान गर्ने उद्देश्यले स्थापना गरिएको हामी नेपाली ग्लोबल संथाको शाखा मलेसिया समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि टेक वाईबा लामाले सपथ ग्रहण गराई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
मलेसिया(मलेसिया):= एसिया–प्यासिफिक एन्ड सेन्ट्रल एसियाका ३० देशका सांसदहरूको सम्मेलन (AFPPD Conference) मा सहभागी हुन मलेसिया आउनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य माननीय डा....
जकार्ता (इन्डोनेसिया):= इन्डोनेसियाको सक्रिय अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ। विमानस्थलको सञ्चालन अस्थायी...
क्वालालम्पुर(मलेसिया):= मलेसियाली संसदको ६७औँ वर्षगाँठको अवसरमा आगामी सेप्टेम्बर १२ र १३ तारिख ‘ओपन डे २०२६’ आयोजना हुने भएको छ। विशेष कार्यक्रमअन्तर्गत मलेसियामा रहेका स्थानीय सर्वसाधारणसँगै...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको राष्ट्रिय महिला फुटबल लिग ‘लिगा वनिता नासिओनाल’ मा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू अनिता बस्नेत, निशा थोकर...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा विदेशी कामदारको मेडिकल परीक्षण दर्ता प्रक्रियामा नयाँ नियम लागू हुने भएको छ। सेप्टेम्बर ७, २०२६ सोमबारदेखि रोजगारदाता तथा प्यानल एजेन्सीले प्रत्येक...