क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेसिया र नेपाली ब्यबसायी समाज मलेसिया द्वारा उच्च रक्त चापको कारण पुरै शरिर नचल्ने प्यारालाईसिस भएका इलाम मांसाबुङका दुर्गा बहादुर लिम्बूलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
लिम्बूको थप उपचारको लागि आदिवासी जनजाति महासंघ मलेसियाले पाँच सय रिंगेट र सगरमाथा रेष्टुरेन्ट ५१ रिंगेट, साईनाे रेष्टुरेन्ट ५१ रिंगेट , हाम्राे क्याफे ५१ रिंगेट, मण्डला रेष्टुरेन्ट ५१ रिंगेट, एभरेष्ट किचन रेष्टुरेन्ट ५५ रिंगेट, खाजाघर रेष्टुरेन्ट ५५ रिंगेट, लाङघालि माेबाईल पसल ३० रिंगेट, दिपज्योति रेष्टुरेन्ट ६० रिंगेट गरि जम्मा नौं सय चार रिंगेट नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राईको पहलमा सहयोग संकलन गरिएको हो ।
दुर्गा बहादुर लिम्बु केही बर्ष देखि मलेसियामा अबैधानिक ( इलिगल) रुपमा काम गर्दै आएका थिए । उच्च रक्तचाप (ब्लड प्रेसर)बढेको कारण गत सेप्टेम्बरमा पुरै शरिर नचल्ने भएको थियो । उनलाई साथीहरूको सहयोगमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि भोली नेपाल पठाउने तयारी गरेको छ।
काठमाडौं := नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (FEAN) को आह्वानमा आजदेखि देशभरका म्यानपावर कम्पनीहरूले आफ्ना सेवा तथा कारोबार बन्द गरेका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी...
चीन := गैरआवासीय नेपाली संघ (एनआरएनए)का अगुवा लगायत नेतृत्वकर्ताहरूले नेपालमा आफूहरु लगानी गर्न तयार रहेको तर , मुख्य रूपमा दुईवटा समस्या बाधक रहेको बताएका...
चीन := नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको उद्धार तथा तत्काल बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न एनआरएनएले नेपाल सरकारसँग आग्रह...
ग्वाङ्झाउ (चीन):= वर्तमान नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।
आज शनिबारदेखी चीनको ग्वाङ्झाउमा सुरु...
क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई आफ्नो राहदानी (पासपोर्ट) को दुरुपयोग नगर्न कडा चेतावनीसहित सचेत गराएको छ।
राजदूतावासले सदा झै साप्ताहिक फेसबुक...