राम दहित,,कैलाली:= नेपालीहरुको महान पर्व बडादशैं, शुब्ज दिपावली र छठ पर्वलाई लक्षित गरि मोडल अञ्जु र राज कुश्मीको ‘झुम्रा’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।आरकेसी डिजिटल स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा राज कुश्मी, अञ्जुकुश्मी, देवदास र सुशिला कार्कीको जोडी रहेको छ । शब्द संगीत राजकुश्मीको रहेको गीतमा राजकुश्मी र अञ्जुकुश्मीको स्वर रहेको छ।
भिडियोको प्रोड्यूसरमा अंशुराम चौधरी रहेका छन् भने क्यामेरा र एडिट रामु चौधरीले गरेका छन् । म्युजिक भिडियोको डाइरेक्सन सुधराम दहितले गरेका छन् । झुम्रा थारु समुदायमा माया र प्रेम र राम्रो सोच विचारलाई ताजै राख्न नाचिने पौराणिक नाच हो । जुन दशैं र अन्य अवसरमा बरघरको घरमा तथा थारु गाउँघरमा नाचिन्छ ।
दशैंको अवसरमा सार्वजनिक भएको म्युजिक भिडियोले दर्शक तथा श्रोताको राम्रै माया पाउने डाइरेक्टर सुधराम दहितले विश्वास लिएको छन् । थारु गीत संगीत तथा फिल्मी क्षेत्रमा खास गरि पछिल्लो समय थारु कलाकारहरुले पौराणिक गीतबासलाई गीत तथा म्युजिक भिडियोबाट उजागर गरिरहेका छन् । यसले गर्दा दर्शक तथा स्रोताहरुले पनि पौराणिकता झल्किने गीत संगीतलाई औधी मनपराइ रहेको छन् डाइरेक्टर दहितले बताए ।
एजेन्सी := पोर्चुगलका विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना चिरप्रतिद्वन्द्वी लियोनल मेस्सीलाई पछि पार्दै इतिहासकै उत्कृष्ट बालोन डी’ओर विजेता सिजनको विशेष सम्मान जितेका छन्।...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेटालिङ जयामा ब्रेक–अपको रिसमा आफ्नी पूर्वप्रेमिकामाथि तेजाब (एसिड) प्रहार गरी फ’रार भएका एक विदेशी पुरुषको मलेसियान पुलिसले तीव्रताका साथ खोजी गरिरहेको...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङमा अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकविरुद्ध प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा ११ जना विदेशी पुरुष पक्राउ परेका छन्। पेनाङ...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा अनलाइन ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहविरुद्ध अध्यागमन विभागले विशेष कारबाही गर्दै ६४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।मलेसियाली अध्यागमन विभाग (इमिग्रेशन) र...