राम दहित,,कैलाली:= नेपालीहरुको महान पर्व बडादशैं, शुब्ज दिपावली र छठ पर्वलाई लक्षित गरि मोडल अञ्जु र राज कुश्मीको ‘झुम्रा’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।आरकेसी डिजिटल स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा राज कुश्मी, अञ्जुकुश्मी, देवदास र सुशिला कार्कीको जोडी रहेको छ । शब्द संगीत राजकुश्मीको रहेको गीतमा राजकुश्मी र अञ्जुकुश्मीको स्वर रहेको छ।
भिडियोको प्रोड्यूसरमा अंशुराम चौधरी रहेका छन् भने क्यामेरा र एडिट रामु चौधरीले गरेका छन् । म्युजिक भिडियोको डाइरेक्सन सुधराम दहितले गरेका छन् । झुम्रा थारु समुदायमा माया र प्रेम र राम्रो सोच विचारलाई ताजै राख्न नाचिने पौराणिक नाच हो । जुन दशैं र अन्य अवसरमा बरघरको घरमा तथा थारु गाउँघरमा नाचिन्छ ।
दशैंको अवसरमा सार्वजनिक भएको म्युजिक भिडियोले दर्शक तथा श्रोताको राम्रै माया पाउने डाइरेक्टर सुधराम दहितले विश्वास लिएको छन् । थारु गीत संगीत तथा फिल्मी क्षेत्रमा खास गरि पछिल्लो समय थारु कलाकारहरुले पौराणिक गीतबासलाई गीत तथा म्युजिक भिडियोबाट उजागर गरिरहेका छन् । यसले गर्दा दर्शक तथा स्रोताहरुले पनि पौराणिकता झल्किने गीत संगीतलाई औधी मनपराइ रहेको छन् डाइरेक्टर दहितले बताए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयन गर्ने एउटा नियमित प्रक्रिया मात्र होइन। यो कांग्रेस कस्तो पार्टी बन्ने? कसका आवाज समेट्ने? र बदलिँदो नेपाली समाजसँग...
काठमाडौं । नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमान ले आज युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव सँग मन्त्रालयमा द्विपक्षीय...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले नक्कली E-PLKS बनाउने तथा उपलब्ध गराउने गतिविधिविरुद्ध सञ्चालन गरेको ‘Ops Serkap’ अन्तर्गत क्वालालम्पुरको Jalan Chan Sow Lin...
काठमाडौं:= नेपालमा गत भदौ १० गते आएको बाढीपहिरोलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि लिङ्कन यूनिभर्सिटी कलेज मलेसिया Lincoln University College...
क्वालालम्पुर, मलेसिया — मलेसियाको सडक यातायात विभाग (JPJ) ले वैध ड्राइभिङ कागजातबिना विदेशी नागरिक र (रोहिङ्ग्या) ले तीनपाङ्ग्रे मोटरसाइकल चलाएको अवस्थामा तीन पाङ्ग्रे मोटरसाइकल...