अन्ततः मलेसियाको माक्रो म्यारीन कम्पनीमा कार्यरत जेलमा परेका नेपाली कामदार सकुशल स्वदेश फर्किने।

क्वाललाम्पुुर (मलेसिया):= मलेशियाको जोहोरबारु राज्य स्थित माक्रो म्यारीन (macro marine) कम्पनीमा कार्यरत चाप्लुसी गर्ने एक नेपाली कामदारलेनै कम्पनीको सहयोगमा सोही कम्पनीमा कार्यरत आफ्नै कामदार साथीहरुलाई अनावश्यक दु:ख दिई , अत्याचार गरेर पुलिस द्वारा पक्राउ गरि,कुटपिट गरी जेल पारिएकाहरु अन्ततः सकुशल  स्वदेश नेपाल फर्किने भएका छ्न ।

पुर्व सहमती अनुसार कम्पनीले तलब नदिइएको र जथाभावी पारीक्ष्रमिक कटौती गर्न थालेकोले केही समय अगाडी कामदारहरु काम ठप्प पारी हडतालमा उत्रिएका थिए । नेपाल घर बर्दिया जिल्ला निवासी बिवस भनिने लाल बहादुर वलिले नेपाली माथी नै कम्पनीको सहयोगमा स्थानीय गुण्डा तथा प्रहरी प्रयोग गरि नेपाली कामदार लाइ कुटपिट गर्ने मानसिक यातना दिने गरेको पीडित कामदारहरुको भनाई रहेको थियो। अक्टोबर ५ तारीख होस्टेल मै गुण्डा र प्रहरी लगाएर कुटपिट गरि ९ जना नेपाली कामदार लाइ प्रहरी द्वारा नियन्त्रणमा लिइ बेपत्ता बनाएको जानकारी सोहि कम्पनीमा काम गर्ने एक कामदारले नाम नबताउने सर्तमा सञ्चारकर्मी लगायत नेपाली मजदुर एकता केन्द्र मलेसियाको पदाधिकारीलाई सो कुराको जानकारी गराए लगतै घटना समाजिक संजालमा भाईरल भएको थियो ।

त्यस लगतै नेपाली राजदुतावास मलेसियाका सहायक राजदुत मोतीराम श्रीस मगर,श्रम सहचारी सानुमाया रम्तेल लगायतकोले सो घटना बारे छानबिन गर्दै रोजगारदाता कम्पनी र कामदार बिच विभिन्न बुँदामा सहमती गराएपछी कामदारहरु पुनः काममा फर्किएका छ्न ।भने प्रहरी द्वारा नियन्त्रणमा लिएका कामदारहरु राकेश शाह,मान विर राना,लोक राना,निराजन बुढा,देब बस्नेत,हिरा राना,नविन बुढा,तिलक बोहरा,गिरिजा बुढा लगायत चाप्लुसी गर्न माहिर बिवस वलि भनिने लाल बहादुर वलिलाई समेत रोजगारदाता कम्पनीलेनै स्वदेश पठाउने बाताबरण मिलाउदै गरेको र बाकी कामदारलाई पुर्व सहमती अनुसारनै पारिक्ष्रमिक दिने लगायतको कुरामा पुर्ण सहमती भैईसकेको रम्तेलले बताए ।मलेसियाको नियम कानुन अनुसार सो घटनाको प्रक्रिया अगाडी बढीरहेको सम्पुर्ण प्रक्रिया रोजगारदाता कम्पनीले नै पूरा गरि जेल परेकालाई रिहाई गरेर सकुशल नेपाल फिर्ता पठाउनेछ्न ।