मलेसिया ।इलाम का ढोल बहादुर नेपालीको मलेसियामा ह्यदयघातको कारण मृत्यु भएको छ । मलेसियाको सुगाइलोङमा अबैधानिक हैसियतमा कार्यरत नेपालीको काम गर्दै आएको अबस्थामा ह्यदयघात भएको र उपचारका क्रममा शनिबार साझ मृत्यु भएको उनका साथी चन्द्र सुनारले जानकारी दिए । उनको स्थानिय पुत्रा अस्पताल मा मृत्यु भएको र शब सोही अस्पतालमा राखिएको छ ।
इलाम घर भनिएपनी इलाम कुन ठाउँ भन्ने खुलेको छैन । केही समय अघि देखि उनी अबौधानिक रुपमा सेक्युरेटीमा काम गर्दै आएका थिए । अबैधानिक हैसियतमा रहेकाले उनको शब नेपाल ल्याउने कार्य समस्यामा आउन सक्ने उनका साथीहरुले बताएका छ्न ।




















