सामाजिक अभियन्ता तिल बहादुर कार्कीको जीवनमा आधारित डकुमेन्ट्रि मलेसियाको बिभिन्न सहरमा प्रदर्शन हुदै ।
सहकर्मी,,
मलेसिया स्थिति केलाङको न्यु गोर्खा क्याफेमा यहि अक्टोबर ६ तारीख सामाजिक अभियन्ता तिल बहादुर कार्कीको जीबनमा आधारीत डकुमेन्ट्री अनाथ आश्रमको सहयोगार्थ प्रदर्शन हुने भएको छ । उक्त प्रदर्शनबाट संकलित सहयोग तिल बहादुर कार्कीद्वारा संचलनमा रहेको अनाथ आश्रमका ५५ जना बालबालिकाहरुलाई पालनपोषण तथा शिक्षादिक्षाको लागि सदुपयोग गरीनेछ ।
आफैं अपाङ्ग भए पनि तिल बहादुर कार्कीले आमाबाबाबाट टाढा रहेका ५५ जना बालबालिकाहरुलाई विभिन्न निकाय तथा सहयोगी दाताहरूको सहयोगबाट दैनिकी निर्वाह हुदै आएको छ। यसै क्रममा तिल बहादुर कार्की मलेसियाको राजधानीमा सम्पन्न बक्स अफिस अवार्ड कार्यक्रममा सहभागी हुन आउनु भएको थियो ।
यस डकुमेन्ट्रीको निर्देशन नेपालका चरचित निर्देशक निश्चल बस्नेतले गर्नु भएको हो भने जगत बहादुर राना मगरको छायांकन रहेको छ । सो डकुमेन्ट्रि यसअघि नेपाल तथा सिंगापुरमा प्रदर्सन भईसकेको छ । तील बहादुर कार्कीले मलेसियामा रहनु भएको नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई उपस्थिति हुनका निम्ति आफ्नो फेस्बुक स्टार्टस मार्फत निमन्त्रणा समेत गरेको छ ।


















