सुनिल चौधरी,,झुम्का:= महिला शसक्तिकरणबाट संस्कार, संस्कृति लगायत नेतृत्वमा बृद्धि र एकतामा प्रवलको उधेश्य सहित थारु महिला सभा जिल्ला कार्यसमिति सुनसरीले सोमवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष शुसिला लेखिको सभापतित्व प्रदेश सांसद नवोदिता चौधरीको प्रमुख आतिथ्यतामा झुम्का स्थित थारु कल्याणकारिणी सभा जिल्लाको भवनमा सम्पन्न भएको हो ।
२०७६ सालको बिजया दशमी, शुभदिपावलि, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा बक्ताहरुले शुभकामना आदान प्रदान गर्दै थारु एकता हुनु पर्नेमा जोड दिनु भएको छ । सांसद नवोदिता चौधरीले थारुको सबै भन्दा ठुलो समस्या एकतामा कमिकमजोरी रहेको बताउनु भयो । थारुमा एकताकै अभावले राज्यबाट आफनो अधिकार प्राप्ति गर्नमा चुक्दै गएको धारणा ब्यक्त गर्नु भयो । एकता हुन नदिन अन्य जाति तथा गैर थारुले भुमिका खेल्दै गरेकोमा सोहि अनुसारलेनै थारु समुदायमा फुटको संघार आएकोमा दुख ब्यक्त गर्नु भयो । यसबाट थारु अगुवाहरु सचेतन हुनु पर्ने सुझाव ब्यक्त गर्नु भयो ।
थारु पर्वमा गरिने कार्यक्रमहरुमा राजनितिककरण र गैर थारुलाई प्रमुख बक्ताको रुपमा ल्याएर प्रवद्र्धन गर्न नहुने बताउनु भयो । थारु पर्वको नाममा थारु संगठनले पार्टिकरणगरी एकै पार्टिको धार अनुसार कार्यक्रम गर्नु एकता हुन नदिने चलखेल गरेको दाबि गर्नु भयो । त्यसकारण अहिलेको अवस्थामा थारु कार्यक्रमहरुमा थारुकै बच्चा प्रमुख बक्ताको रुपमा हुनु पर्ने बिचार ब्यक्त गर्नु भएको हो । थारु कल्याणकारिणी सभाले झुम्कामा कार्यक्रमगरी स्थानियहरुलाई प्राथमिक्ता नदिएको प्रति सो कार्यक्रमलाई पार्टिकरणको संज्ञा दिदै थारु थारुमै भिडाउन खोजेको ठोकुवा गर्दै पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नु भयो ।
यसैगरी शुभकामना आदान प्रदान कार्यक्रममा थारु कानुन ब्यवसायि सभा केन्द्रिय अध्यक्ष राजराज चौधरीले अधिकारकालागी थारु समुदाय आन्दोलनमै रहेकोले सामुहिक रुपमा योजनाबद्ध रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । संबिधान संशोधनबाट उत्पिडन समुदायलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा आदिवासि जनजाति महाँ संघ जिल्ला उपाध्यक्ष तेजनारयण चौधरीले बताउनु भयो । थारु महिलाहरु उच्च मनोबलले शसक्तिकरणमा अगाडी बढ्नु पर्ने सुझाव थारु अग्रज संकरलाल चौधरीले सुझाव ब्यक्त गर्दै शुभकामना आदान प्रदान गर्नु भयो ।
थारु समुदायमा फुटको समस्या देखिएकोले सामाधान तर्फ लाग्दै शुभकामना ब्यक्त गर्नु भयो । थाकसका पुरुषवादिहरुले थारु महिला सभा अगाडी बढेको हेर्न नचाहेको थारु महिला सभाकी अध्यक्ष तिला चौधरीले धारणा राख्नु भयो । यसैगरी एक आर्कामा नेतृत्व स्विकार गर्न नचाहने गलत मानसिक्ताका कारण थारु समुदायमा मतभेद भईरहेको बक्ताहरुले प्रष्ट्याउनु भएको हो । कार्यक्रममा थाकस केन्द्रिय सदस्य उर्मिला चौधरी, पुर्व पार्षद केशिलाल चौधरी, थारु महिला उत्थान समाज सुनसरी अध्यक्ष सिथा थरुनी, मनोज चौधरी, राजकुमार चौधरी, रामरोहन चौधरीले शुभकामना मन्तब्य राख्नु भयो । उपस्थित अतिथीहरुमा महिला सभा नगर अध्यक्ष सिता चौधरीले स्वागत गरेकी थिईन् भने ममता चौधरीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।
पाहाङ(मलेसिया):= मलेसियाको पाहाङ राज्यस्थित पेकान क्षेत्रमा डाक्टरको नक्कली सही र छाप प्रयोग गरी मेडिकल सर्टिफिकेट (MC) बिक्री गर्ने एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा रहेको नेपाली राजदूतावासले अवल मुहर्रम (Awal Muharram) सार्वजनिक बिदाको अवसरमा भोलि जुन १७, २०२६ (बुधबार) दूतावास बन्द रहने जनाएको छ।
दूतावासद्वारा जारी...
काठमाडौं– वैदेशिक रोजगार विभागले पछिल्लो समय गरेका केही निर्णय र निर्देशनप्रति वैदेशिक रोजगार व्यवसायीमा असहज सिर्जना भइरहेको छ । विभागले अध्ययन र अवस्था नहेरी...
जोहोरबारु:= मलेसियाको जोहोर राज्यस्थित पेकान नेनास अध्यागमन हिरासत डिपो (Pekan Nenas Immigration Detention Depot) ले जुन २०२६ को दोस्रो सातामा विभिन्न देशका १३२ जना...
केडाह ((मलेसिया): मलेसियाको सडक यातायात विभाग (JPJ) केदाहले जित्रास्थित सी–मार्ट (C-Mart) क्षेत्र वरिपरि सञ्चालन गरेको विदेशी चालक विशेष अपरेशन (PeWA) अन्तर्गत १६० वटा समन...