बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी ईजी रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्स्फरबीच रेमिटान्स कारोबर शुरू भएको छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईजी रेमिटको तर्फबाट प्रमुख बित्तिय अधिकृत एम मल्लिकले हस्ताक्षर गरेका छन् ।
कुवेत, बहराईन मलेशिया, भारत, बेलायतलगायत विश्व भरी रहेको ईजी रेमिटको ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिनेछ ।
नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।



















