पञ्चाङ्ग निर्णय समितिले तोक्यो देश र ठाउँका आधारमा दशैंको टीकाको साइत

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकका लागि बडादशैंको टीकाको साइत (समय) निर्धारण गरेको छ ।

अध्यक्ष माधव भट्टराई तथा सदस्य सचिव सन्तोष वासिष्ठद्दारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार नेपालमा आश्विन २१ गते स्थानीय समयानुसार बिहान १०ः३५ को साइतलाई टीका लगाउने उत्तम साइत मानिएको छ भने अमेरिकाको न्यूयोर्कमा स्थानीय समयानुसार ७ अक्टोवर बिहान ११ बजेर २१ मिनेटलाई उत्तम साइत मानिएको छ । त्यसैगरि अमेरिकाकै अन्य स्थानमा ७ अक्टोवर नै तर समय भने फरक फरकमा टीका लगाउने साइत उल्लेख गरिएको छ । अष्ट्रेलियाका विभिन्न स्थान, जापान, बेलायत, क्यानडालगायतका देश तथा स्थानहरुमा भिन्न भिन्न समयमा टीका लगाउनु उत्तम साइत मानिने पञ्चाङ्ग निर्णय समितिले उल्लेख गरेको छ । यस अघि विभिन्न देशमा बसोवास गर्ने नेपालीले टीकाको साइत बारे जिज्ञासा राखेको उल्लेख गर्दै पञ्चाङ्ग समितिले साइत भौगोलिक अवस्था सूर्यको उदयलगायत कुरालाई अध्ययन गर्दै टीकाको साइत निर्धारण गरेको हो ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिलमा प्रा डा माधव भट्टराई  उपाध्यक्ष प्रा डा देबमणी भट्टराई  सदस्य सचिव सन्तोष वाशिष्ठ  कोषाध्यक्ष उप प्रा. पुरुषोतम भट्टराई सदस्य ज्यो पं सूर्यप्रसाद ढुंगेल सदस्य शुदर्शन आत्रेय लगायत नेपालका मूर्धन्य ब्यक्तित्वहरु समितिमा रहेको सदस्य सचिव सन्तोष वाशिष्ठले बताए ।

बिश्व ज्योतिष महासंघ अन्तर्रा्ष्ट्रिय समितिका अध्यक्ष डा लोकराज पौड्यालको अथक प्रयासले यसको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा स्थापना गर्न सकिएको उनले बताए ।