इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरबको भ्रमणमा निस्केका छन् । संयुक्त राष्ट्रसंघ साधारण सभाको ७४औँ अधिवेशनमा भाग लिन न्यूयोर्क जानुअघि उनी दुई दिनको भ्रमणका क्रम साउदी अरब पुगेकोे प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
साउदी भ्रमणको क्रममा प्रधानमन्त्रीले साउदी नेतासँग भारतीय नियन्त्रित काश्मीरको ‘गम्भीर अवस्था’को विभिन्न विषयमा छलफल गर्नेछन् । उनले काश्मीरको विशेष स्थिति खारेज गर्ने भारत सरकारको गत महिना निर्णयपछिको अवस्थाको विषयमा छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री खानले काश्मीरको मुद्दामा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग नियमित सम्पर्कमा रहको कुरा प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ । प्रधानमन्त्रीको भ्रमणको क्रममा दुबै पक्षले आर्थिक साझेदारीलाई थप सुदृढ पार्ने तरिकामा पनि छलफल गर्ने अनुमान गरिएको छ । साउदी राजकुमारले सन् २०१९ फेबु्रअरीमा पाकिस्तानको भ्रमण गरेका थिए । पाकिस्तान र साउदी अरब सम्बन्धमा बढ्दो गति बढ्दै गएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।



















